कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी

काठमाडौँ । नागरिकता कीर्ते आरोपमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौँ ल्याउने तयारी गरिएको छ ।

जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने तयारी गरिएको उनका कानुनी सल्लाहकार किशोर पौडेलले जानकारी दिएका छन । ‘जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने प्रक्रिया सुरु गरिएको छ,’ उनले भने । पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । उक्त अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउन लागिएको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×