काठमाडौँ। लोकप्रिय दक्षिण भारतीय कलाकार सूर्या शिवकुमारको आउँदो चलचित्र 'इथरक्कुम थुनिंधवन'को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर हेरेर प्रशंसकहरु निकै उत्साहित बनेका छन्। पण्डीराजको निर्देशनमा तयार भएको चलचित्रमा सूर्याका अलावा प्रियंका अरूल मोहन, विनय राय, सुरी, राजकिरण, सत्यराज आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रको ट्रेलर 'सन टिभी'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
ट्रेलर: