भानुभक्तको जीवनी विषयक प्रवचन सम्पन्न

काठमाडौँ - २०९औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भानुभक्तको जीवनी विषयक प्रवचन तथा भानुभत्तीय रचना वाचन कार्यक्रम गरेको छ। नयाँ पुस्तालाई भानुको जीवनी तथा रचनाका बारेमा परिचित गराउने उद्देश्यले  विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचना वाचन गराइएको हो।

कार्यक्रममा विद्यार्थीहरू चक्षु भट्टराई, अवसर सुवेदी, गरिमा घिमिरे, हेमन्त भट्ट, पलक ताम्राकार, सुदृश सुवेदी र दीपशिखा मुखियालगायतका विद्यार्थीले भानुभक्तीय रचना वाचन गरेका थिए।

त्यस अवसरमा कविता वाचन गरेका विद्यार्थीलाई प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार र बालकृतिहरू प्रदान गरेका छन्। कार्यक्रमका वक्ताले नयाँ पुस्तालाई भानुभक्तका रचना बारेमा परिचित गराउन जरुरी भएकोमा जोड दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×