झर्ना खोलामा ट्रष्ट पुल निर्माण सम्पन्न

कञ्चनपुर - कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको झर्ना खोलामा ट्रष्ट पुल निर्माण पूरा भएको छ। बेलडाँडी –१ सिद्धचोक र बेलौरी नगरपालिका–९ रतनपुर जोड्नका लागि सो खोलमा पुल निर्माण भएको हो।

यसका लागि हेल्भीटासले रु २६ लाख ३६ हजार र गाउँपालिकाले रु चार लाख लगानी गरेका छन्। पुल बनाउन प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज (एनएनडीएस)ले गरेको छ। समाजका  प्रबन्ध निर्देशक भीमदत्त भट्टले स्थानीयवासीको माग र समस्यालाई मध्यनजर गरी पुल निर्माण गरिएको बताए।

उनका अनुसार निर्माण भएको पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर रहेको छ। यसबाट सो क्षेत्रका छ सय बढी घरधुरी लाभान्वित भएका छन्। वर्षात्‌का बेला पुल नहुँदा विगतमा बाढी आएको खोला जोखिम मोल्दै तर्नुपर्ने बाध्यता यस क्षेत्रका बासिन्दालाई रहेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×