काठमाडौँ । नेपालमा कोरोनाभाइरसको संक्रमण बढेसँगै नेकपा एकीकृत समाजवादीले सोमबारका लागि बोलाएको भेला स्थगित गरिएको छ । काठमाडौँको थापागाउँस्थित काठमाडौँ व्याङ्क्वेटमा एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला हुने निश्चित भएकोमा उक्त भेला स्थगित भएको हो ।
पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुषालले जारी गरेको सुचना अनुसार सरकारले २५ जना भन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज गरेको कारण भेला स्थगित गरिएको हो । सुचनामा लेखिएको छ, "कोभिडको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको छ । यसर्थ,आज थापागाउँस्थित काठमाडौं व्याङ्क्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन्छ ।"
उक्त भेला केहि दिनमा नै भर्चुअल माध्यमबाट हुने कुराको जानकारी पार्टी कार्यालयले जनाएको छ ।