काठमाडौँ - बलिउडका अभिनेता रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ छिट्टै ओटीटीमा रिलिज हुँदैछ। मिडिया रिपोर्टका अनुसार यो फिल्म २३ अक्टोबरमा डिज्नी प्लस हटस्टारमा स्ट्रिम हुँदैछ।
योसँगै धेरै रिपोर्टमा यो पनि भनिएको छ कि यो फिल्म २३ नोभेम्बरमा नभई ४ नोभेम्बरमा रिलिज हुनेछ। यद्यपी यसबारे निर्माताहरुबाट अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।
अयान मुखर्जी निर्देशित ‘ब्रह्मास्त्र’ ९ सेप्टेम्बरमा सिनेमाघरमा रिलिज भएको थियो। ४१० करोडको बजेटमा बनेको फिल्मले अहिलेसम्म ४०० करोड कमाइसकेको छ।
फिल्ममा रणवीर र आलियाका अलावा अमिताभ बच्चन, मौनी रोय, डिम्पल कपाडिया र नागार्जुन अक्किनेनी पनि मुख्य भूमिकामा रहेका छन्। फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी ५ भाषामा रिलिज भएको छ। फिल्म हेरेपछि दर्शकले यो फिल्म दर्शकका लागि भिजुअल ट्रीट भएको बताएका छन्।
फिल्म ब्रह्मास्त्रको फ्यानमा क्रेज जारी छ। यो फिल्मको क्लाइम्याक्समा धेरै प्रश्न अधुरो रहेको छ, जसलाई निर्माताले अर्को भागमा खुलाउने बताएका छन्। निर्देशक अयान मुखर्जीले हालै एक अन्तर्वार्तामा यो फिल्म सन् २०२५ सम्ममा रिलिज हुने बताएका छन्।