भारतलाई २५७ रनको अग्रता

काठमाडौँ - चेतेश्वर पुजराले अविजित ५० रन बनाएपछि भारतले इङ्ल्यान्डविरुद्धको टेष्टमा तेस्रो दिन सकिँदा २५७ रनको अग्रता लिएको छ। 

दोस्रो इनिङ्स थालेको भारत तेस्रो दिन सकिँदा १२५/३ को स्थितिमा रहेको छ। ओपनर शुबमन गिल ४ रन बनाएर पवेलियन फर्किंदा हनुमान विहारी ११ र विराट कोहली २० रन बनाएर आउट भएका थिए। पुजरा ५० र ऋशब पन्त ३० रन बनाएर क्रिजमा छन्। पुजरा र पन्तले चौथो विकेटका लागि ५० रनको अविजित साझेदारी गरेका छन्। इङ्ल्यान्डका जेम्स एन्डरसन, स्टुवार्ट ब्रोड र बेन स्टोक्सले १/१ विकेट लिए। 

दोस्रो दिन सुरु गर्दा घरेलु टोली इङ्ल्यान्ड ८५/५ को स्थितिमा रहेको थियो। इङ्ल्यान्डका जोनी बेयरिष्टो १२ र बेन स्टोक्स शून्य रन बनाएर क्रिजमा थिए। खराब स्थितिमा रहेको इङ्ल्यान्डलाई बेयरिष्टोले उकासेका थिए। उनले १०६ रन बनाए। स्टोक्स २५ रन बनाएर पवेलियन फर्किएका थिए। 

स्टोक्स र बेयरिष्टोले छैटौं विकेटका लागि ६६ रनको साझेदारी गरे। त्यसपछि बेयरिष्टोले साम विलिङ्ससँग सातौं विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए। विलिङ्सले ३६ रन बनाए। ब्रोड १ रन बनाएर आउट हुँदा म्याथ्यु पेट्सले १९ रन बनाए। एन्डरसन ६ रनमा अविजित रहेका थिए। 

भारतका मोहम्मद सिराजले ४ विकेट लिए भने जसप्रित बुमराहले ३ विकेट लिए। मोहम्मद शामीले २ तथा शार्दुल ठाकुरले १ रन बनाए। 

पहिलो इनिङ्समा भारतका ऋशब पन्तले १४६ र रविन्द्र जडेजाले १०४ रन बनाएका थिए। कप्तानको जिम्मेवारी पाएका बुमराहले १६ बलमा अविजित ३१ रन बनाए। पहिलो इनिङ्समा भारतले ४१६ रन बनाएको थियो। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×