म्यारोडोनाको सम्झनामा विमान सार्वजनिक

काठमाडौँ - अर्जेन्टिनाका सर्वकालिन महान खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा एक विमान अनावरण गरिएको छ। यसै वर्ष कतारमा हुने विश्वकपअघि अर्जेन्टिनाको एक कम्पनीले म्याराडोनाको सम्झनामा हवाइजहाज सार्वजनिक गरेको हो।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका म्याराडोनाको सन् २०२० को नोभेम्बरमा ह्रदयघातका कारण निधन भएको थियो।

ट्यांगो डी१०एसमा म्याराडोनाको संग्राहलय बनाइएको छ। जसमा म्याराडोनसँग सम्बन्धित वस्तुहरु राखिएको छ। विमानको बाहिरी आवरणमा म्याराडोनाले विश्वकपको उपाधि चुमिरहेको तस्विर राखिएको छ। विमानको पछाडीको भागमा पनि म्याराडोनाको अनुहार राखिएको छ।

यस्तै, विमानको दुई पंखामा म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेका दुई गोल ‘ह्यान्ड अफ गड’ र ‘गोल अफ दी सेन्चुरी’ गर्दाको तस्विर राखिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×