फ्रान्सेली युवा फरवार्ड सेकोउ मारा इंग्लिस क्लब साउथह्याम्टनमा अनुबन्ध

काठमाडौँ - इंग्लिस क्लब साउथह्याम्टनले फ्रान्सेली युवा फरवार्ड सेकोउ मारालाई क्लबमा अनुबन्ध गरेको छ। साउथह्याम्टनले मारालाई फ्रेन्च क्लब बोर्डेअक्सबाट अनुबन्ध गरेको हो।

१९ वर्षीय माराले प्रिमियर लिग क्लबसँग ४ वर्षको लागि सम्झौता गरेका छन्। माराले गत सिजन बोर्डेअक्सबाट २६ लिग खेलमा ६ गोल गरेका थिए। बोर्डेअक्स गत सिजन पुछारमा रहँदै रेलिगेसनमा परेको थियो।

पेरिस सेन्ट जर्मेन (पिएसजी) बाटै सुरुवाती समयमा आफ्नो प्रतिभा निखारेका माराले त्यसपछि बोलोन बिलान्कोर्टमा ३ सिजन र त्यसपछि बोर्डेअक्सको युथ एकेडेमीबाट आफ्नो प्रतिभा निखारेका थिए।

उनले २०२१ फेब्रुअरीमा बोर्डेअक्सको सिनियर टोलीबाट डेब्यु गरेका थिए। फ्रान्सको उमेर समूह यू-१७, १७, २० र २१ टोलीबाट प्रतिनिधित्व गरिसकेका माराले बोर्डेअक्सका लागि डेढ सिजनमा ३६ खेल खेल्दै ७ गोल गरेका छन्।

‘म युवा छु र मैले धेरै गर्नुछ।’ माराले भने, ‘साउथह्याम्टन मेरो लागि आँफुलाई बिकास गर्न र उत्कृष्ट मध्ये एक बन्न उत्कृष्ट क्लब हो। म यो टोलीबाट आफ्नो प्रदर्शनलाई बलियो बनाउन तयार छु।’

सेकोउ मारा यो सिजन साउथह्याम्टनमा अनुबन्ध हुने छैटौं खेलाडी हुन्। यसअघि साउथह्याम्टनले गोलरक्षक गेभिन बाजुनु र माटेउज लिस, डिफेन्डर अर्मेल बेल्लाकोचप र मिडफिल्डर रोमियो लाभिया र जो एरिवोलाई अनुबन्ध गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×