२१ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ - नेपाल राष्ट्र बैंकले पुन २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 

बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति कात्र्तिक २१ गते तोकिएको छ । ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १२ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको नौं अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० माघ २३ गते र २०८१ बैशाख २५ गते तोकिएका छन् । यि सबै ट्रेजरीहरु बिलहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ । यही कात्र्तिक १३ गते पनि २७ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×