काठमाडौं — नेप्से परिसूचक लगातार तेस्रो दिन बढेर २६२५.७० अंकमा पुगेको छ। बुधबार परिसूचक ५.७० अंकले बढेको हो। आज बजारमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा १४३ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ। फाइनान्स समूहमा सबैभन्दा बढी १.७५ प्रतिशत वृद्धि देखिएको छ।