शम्भु थापालाई विदेशी एजेण्टको संज्ञा दिँदै सत्यनारायण मण्डलले भने टुँडिखेल लगेर बाँसले कुट्नु पर्ने हो

काठमाडौँ । आज नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाल बहस कार्यक्रममा अन्तर्वार्ता दिँदै नेकपा (एमाले) का स्थायी कमिटि सदस्य सत्यनारायण मण्डलले नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापालाई टुँडिखेल लगेर बाँसको हरियो कर्ची काटी आगोमा पोलेर कुट्नु पर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
'नेपालबारले दलहरुलाई गुहार्दै, ज्ञापन पत्र बुझाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई महाभियोग लगाउनका लागि आग्रह गरिरहेको छ त उनीहरुले?'  भन्ने पत्रकार धमलाको प्रश्नमा नेता मण्डलले भने, "यस्तै राष्ट्रघाती, बुझ्नु भो नि ! त्यो बेवकुफ शम्भु थापा र त्यो नेपालका चै ने तपाईंको यो.. कुलंघार न्यायाधीशहरु, यिनीहरु न्यायाधीश हुन हँ? यिनीहरुमा देशभक्ति छ ? जब दुर्गानान्द झालाई फाँसी .. के रे सजाय गर्ने कुरा आयो, कुन चाहिँ तपाईंको  न्यायाधीश जति थिए त्यतिबेला राजालाई चै ने घेरेर चै ने लुटेर नाक समेतलाई किच्ने मुखको त कुरै छोड्नुस् ।मैले भनेको हो कि नेपालको इतिहाँसले भनेको हो? अनि देश भक्ति अनि त्यो भिम रावल चै ने तपाईंको धेरै ठूलो चै ने राष्ट्रवादी?" 
यसै गरी "बारले चोलेन्द्र शमशेरले राजीनामा दिनु पर्छ भनेर शम्भु थापाले र चण्डेश्वर श्रेष्ठले भनि रहेका छन् अब के गर्ने?" भन्ने प्रश्नमा नेता मण्डलले भने, "म त भन्छु शम्भु थापालाई चै ने तुरुन्तै चै ने तपाईंको टुँडिखेलमा ल्याएर चै ने त्यो एकदम चै ने तपाईंको बाँसका काँ...चो चैने हरियो कर्ची काटेर आगोमा चै ने पोलेर चै ने त्यसले कुट्नु पर्ने हो। यी मुलाहरु सब विदेशीका एजेण्टहरु हो, तलब खानेहरु हो, बर्ता कुरो गर्छ?"

पूर्ण अन्तर्वार्ता तल राखिएको छ।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×