कक्षा १० पछि १ वर्ष प्राविधिक शिक्षा अनिवार्य गर्न सीके राउतको माग

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे ।

अध्यक्ष राउतले विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले शिक्षा विधेयकमा सरकारले विद्यार्थी र अभिभावकको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताए । अध्यक्ष राउतले विधेयक संकीर्णवादी सोचका साथ आएको पनि दोहोर्‍याए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×