डिफेन्डर थिलो केहरर वेस्ट ह्याममा अनुबन्ध

काठमाडौँ - इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले जर्मन डिफेन्डर थिलो केहररलाई अनुबन्ध गरेको छ।

वेस्ट ह्यामले फ्रेन्च क्लब पीएसजीबाट थिलोलाई अनुबन्ध गरेको हो।

२४ वर्षीय डिफेन्डरले वेस्ट ह्यामसँग ४ वर्षको सम्झौता गरेका छन्. उनी २०१८ मा शाल्केबाट पीएसजी आएका थिए।

पीएसजीका लागि उनले १ सय २८ खेल खेलेका छन्। पीएसजीका लागि उनले ३ लिग वान र २ फ्रेन्च कप जितेका थिए। उनले जर्मनीका लागि २२ खेल खेलेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×