‘बी’ डिभिजन लिगमा मध्यपुर युथको विजयी सुरुआत

काठमाडौँ - सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मध्यपुर युथ एशोसियशनले विजयी सुरुआत गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा मध्यपुरले सामाजिक युवा क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो। मध्यपुरका लागि सञ्जीव थापा मगरले दुई गोल गर्दा सन्नी लामा, धीरज श्रेष्ठ र जेनिश प्रजापतिले एक÷एक गोल गरे। सामाजिक युवाका लागि विकास दर्जी र वसन्तबहादुर रानाले एक-एक गोल गरे। खेलको चौथो मिनेटमा सन्नी लामाले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएका थिए। सञ्जीवले खेलको आठौँ मिनेटमा मध्यपुरको अग्रता दोब्बर बनाएका थिए। तर, सामाजिक युवाका विकास दर्जीले १६औँ मिनेट तथा वसन्तबहादुरले २१औँ मिनेटमा गोल गर्दै खेललाई दुई-दुई को बराबरीमा ल्याए। 

सञ्जीवले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मध्यपुरलाई पुन अग्रता दिलाउँदा धीरजले ५४औँ मिनेट तथा जेनिशले ७४औँ मिनेटमा गोल गर्दै मध्यपुरको जित सुनिश्चत गरे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×