आईपीएलमा आज हैदराबाद र कोलकता खेल्दै

काठमाडाैँ - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल आज राति एउटा खेल हुँदै छ। नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुने खेलमा कोलकता नाइट राइडर्स र सनराईजर्स हैदरावबाद आमने सामने हुदैछन्।

हैदरबादले ११ खेलबाट १० अंक जोडेको छ। तालिकाको सातौं स्थानमा रहेको हैदराबादले आजको खेल जितेमा प्ले अफमा स्थान बनाउने सम्भावना कायमै रहन्छ।

उता १२ खेलबाट १० अंक जोडेको कोलकता आठौं स्थानमा रहेकाले उसको पनि प्ले अफ पुग्ने सम्भावना कायमै राख्न जित्नै पर्ने दबाव रहेको छ। 
पहिलो खेलमा हैदराबादले कोलकतालाई ७ विकेटले पराजित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×