डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु, आठ जनाको जीवितै उद्दार

एजेन्सी । नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ । 

नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनमा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ । 

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाग्रत डुंगामा ५० भन्दाबढी यात्रु  थिए । 

नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुुंगा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×