काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले पराजित हुनुभएका विजयकुमार गच्छदारले निर्वाचन समिति समक्ष पुन: मतगणना गर्न अपील गरेका छन् ।
बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका हुन् । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत प्राप्त गरेका थिए ।
गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् । महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का अत्याधिक मतका साथ विजयी भएका छन्।