काठमाडौँ। नेपाली चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ। दिनेश पाल्पाली (दिन्श)को निर्देशनमा बनेको चलचित्रमा गाउँबाट सहर आएको एउटा युवाको यात्राको कथा समेटिएको छ।। चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना रहेका छन्। चलचित्रको निर्माता प्रबिन स्याङ्बा र सुस्मिता पराजुली पनि रहेका छन् भने सह निर्माता रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन्।
चलचित्रको ट्रेलर म्युजिक नेपालको युट्युब च्यानलबाट केहि घण्टा अघि सार्वजनिक गरिएको हो। चलचित्र चैत ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले चलचित्रको वितरण काठमाडौँमा गर्नेछ र एफडी कम्पनीले काठमाडौँ बाहिर गर्नेछ। निर्देशक दिनेश पाल्पालीले बिभिन्न अवार्ड विजेता चलचित्र ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’का निर्देशक हुन्।
ट्रेलर :