जोगिन्दरले ल्याए गाईजात्रा ‘गठबन्धन’

काठमाडौँ - आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी ‘गठबन्धन’ ल्याएका छन्। 

‘गठबन्धन’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक भएको हो। राजनीतिक गठबन्धनले चुनावमा पारेको प्रभाव, चर्काे मूल्यवृद्धि, राजनीतिक दलप्रति जनताको नैराश्यता, युक्रेन र रशिया युद्धलगायत विषयहरू उनले आफ्नो कमेडी ‘गठबन्धन’ मा समेटेका छन्।

भरपुर प्रहसन समेत रहेको गाईजात्रामा फिल्म ‘भैरे’को गीत ‘सान्ननी’ मा उनले प्यारोडी गीत बनाएका छन्। प्यारोडी गीतमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपेन्द्र यादव र चित्रबहादुर केसीलगायतलाई व्यंग्यमा समेटिएको छ।

रिजालको लेखन, प्रस्तुति तथा निर्देशन रहेको ‘गठबन्धन’ को भिडिओमा रिजालसँगै दमन रुपाखेती, राधिका हमाल, कमल मैनाली, घनश्याम गौतम, प्रेम शर्मा पौडेल, सुरेश तिमल्सिना, शिवराम कार्की, सविता खड्का लगायतको अभिनय देख्न सकिन्छ।

विगत दुई दशकदेखि नियमित गाईजात्रा ल्याउने गरेका रिजालको ‘गठबन्धन’ २० औं कोसेली हो। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×