इंग्ल्यान्डले तोड्यो १ सय १२ वर्ष पुरानो कीर्तिमान

काठमाडाैँ - १७ वर्षपछि पाकिस्तानमा टेस्ट खेल्न पुगेको इंग्ल्यान्डले आफ्नो पहिलो टेस्टमा आफ्नो आक्रामक छवि प्रस्तुत गरेको छ। रावलपिन्डीमा जारी टेस्टको पहिलो दिन इंग्ल्यान्डले ७५ ओभरमा ४ विकेट गुमाएर ५ सय ६ रनको विशाल स्कोर तयार गरेको छ।

यसअघि अस्ट्रेलियाले १९१० मा भएको टेस्टमा पहिलो दिन ४ सय ९४ रन बनाएको थियो। पहिलो दिननै सर्वाधिक रन बनाउने कीर्तिमान तोड्न इंग्लिस ब्याटर सफल भएका छन्। उनीहरूले १ सय १२ वर्ष पुरानो कीर्तिमान भंङ्ग गरेका छन्।

इंग्ल्यान्डका लागि ४ खेलाडीले शतकीय इनिङ खेले। ह्यारी ब्रुक १०१ रनमा नटआउट रहँदा उनलाई कप्तान बेन स्टोक्सले ३४ रन बनाएर साथ दिइरहेका छन्।

४ खेलाडीको शतक

इंग्ल्यान्डका लागि पहिलो दिन ४ खेलाडीले शतक प्रहार गरे। उसका दुबै ओपनरले शतक प्रहार गरेका थिए। ३५।४ ओभरमा २ सय ३३ रनको साझेदारी गरेका थिए। ज्याक क्राउलीले १ सय २२ रनको शतकीय इनिङ खेल्दा बेन डकेटले १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए।

उनीहरुले पहिलो विकेटका लागि २ सय ३३ रनको साझेदारी गरे। त्यस्तै तेस्रो नम्बरमा ब्याटिङका लागि आएका ओली पोपले १ सय ८ रन बनाउँदा पाँचौ नम्बरमा ब्याटिङ गरिरहेका ह्यारि ब्रुक्सले पनि १०१ रन जोडेका छन्।

एकै दिन ५ सय रनको नयाँ कीर्तिमान

टेस्ट क्रिकेटमा पहिलो दिनने ५०६ रन बनाउँदै नयाँ कीर्तिमान कायम गर्‍यो। टेस्ट इतिहासमै पहिलो दिन ५०० रन भएको यो पहिलो पटक हो। यसअघि पहिलो टेस्टको पहिलो दिननै सर्वाधिक रनको स्कोरको कीर्तिमान अस्ट्रेलियाको नाममा रहेको थियो। अस्ट्रेलियाले १९१० मा दक्षिण अफ्रिका विरुद्ध ४ विकेट गुमाएर ४ सय ९४ रन बनाएको थियो।

यद्यपि टेस्ट क्रिकेटको कुनैपनि दिनमा बनेको यो सबैभन्दा ठुलो स्कोर भने होइन्। १९३६ मा इंग्ल्यान्ड र भारतले दोस्रो दिन ५ सय ८८ रन बनाएका थिए। दोस्रो दिन २ टिमले गरि ५ सय ८८ रन बनेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×