आफुले भने बमोजिम प्रधानन्यायाधीश नबनाए सम्म बेन्च नबस्ने न्यायाधीशहरुको बरामी सोचलाई गेट वेल सुन; अधिवक्ता आकृति रायमाझी

काठमाडौँ । नयाँ बानेश्वरबाट माइती घरसम्म मार्च पास गरेका स्वतन्त्र कानुन व्यवसायी र उनीहरुको समर्थनमा उभिएका आम सर्वसाधारण, सेवाग्राही एवं पीडित जनताहरुको मार्चपास माइतीघर मण्डला पुगेर सभामा परिणत भएको थियो ।
उक्त प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै अधिवक्ता आकृति रायमाझीले अब आफूहरुको कार्यक्रम अनुरुप नेपाल बार एशोसिएसनका अध्यक्षलाई ज्ञापन पत्र बुझाउन जाने बताएकी छिन् । उनले ४० दिन पछि बल्ल न्यायाधीशहरुको घैँटोमा घाम लागे जस्तो छ भन्दै न्यायाधीशहरुमाथि कटाक्ष गरेकी छिन् । उनले नयायाधीहरुलाई  न्याय सम्पादन भन्ने कुरा संविधान भन्ने कुरा उनीहरु भन्दा माथि नरहेको बुझ्न ४० दिन लागेको र बल्ल बेन्चमा बस्न थालेको बताइन् । उनले संविधान मान्दिनँ, बेन्च बस्दिनँ म न्याय सम्पादन गर्दिनँ फलानोको राजीनामा दे भनेर जीद्दी गर्ने जस्ता लज्जित कामका लागि उनीहरुले क्षमायाचना गर्नुपर्ने बताइन् । उनले ४० दिन बेन्च बहिष्कार गर्दा जुन तलब भत्ता सुविधा न्यायाधीशहरुले लिए त्यो जनताको करबाट पाएका हुनाले ती सुविधाहरु फिर्ता लिन पनि स्वतन्त्र कानुन व्यवसायीहरुले सशक्त रुपमा आन्दोलन गर्ने बताइन् । अधिवक्ता रायमाझीले जनताले पाएको दुःखको क्षतिपूर्ती उनीहरुले व्यहोर्नु पर्ने र तलब भत्ता पनि फिर्ता गर्नु पर्नेमा जोड दिइन् । 
उनले ४० दिनदेखि हार गुहार गर्दा न्यायाधीशहरुले बल्ल सुनेको र प्रधानन्यायाधीश जबराले राजीनामा नदिए सम्म र आफुले भने बमोजिम प्रधानन्यायाधीश नबनाए सम्म बेन्च बस्दिनँ भन्ने उनीहरुको जिद्दी र बिरामी सोच लाई गेट वेल सुन भन्न चाहेको बताइन् ।
उनले अब माइतीघर मण्डलाबाट नेपाल बार एशोसिएसनलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुरुप अब बार एशोसिएसन जाने पनि बताएकी थिइन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×