सुनको मूल्य सामान्य रूपमा घट्दा चाँदीको भाउ बढ्यो

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार ३०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको छ।

यद्यपि, चाँदीको मूल्य भने उक्लिएको छ। सोमबार प्रतितोला ३ हजार ५३५ रुपैयाँ रहेको चाँदी मंगलबार १० रुपैयाँले वृद्धि भई ३ हजार ५४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×