दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको एक निजी चिडियाखानामा रहेका सिंहहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । उनीहरुमा डेल्टा भेरियन्ट देखिएको जनाइएको छ । युनिभर्सिटी अफ प्रिटोरियाका वैज्ञानिकहरुको टोलीले हालै गरेको एक अध्ययनमा सिंहमा संक्रमण भएको खुलासा भएको हो । भर्खरै प्रकाशित अध्ययनमा अन्वेषकहरुले मानिसहरुलाई आफ्नो घरपालुवा जनावहरुमा पनि कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेका कारण सचेत रहन आग्रह गरिएको छ ।
संक्रमित सिंहमा श्वासप्रश्वासमा समस्या, नाक बग्ने र सुख्खा खोकी जस्ता लक्षणहरु देखिएको जनाइएको छ । विश्वविद्यालयको मेडिकल भाइरोलोजी विभागको अर्बो-एन्ड रेस्पिरेटरी भाइरस कार्यक्रम, जुनोटिकका प्रमुख प्रोफेसर मारिटजी भेन्टर र पशु चिकित्सा विज्ञान संकायमा वन्यजन्तु स्वास्थ्यका सहयोगी प्राध्यापक कटजा कोप्पेलले सन् २०२१ को अन्त्यमा दक्षिण अफ्रिकामा कोभिड-१९ विश्वव्यापी महामारीको तेस्रो लहरमा चिडियाखानामा रहेका तीन बिरामी सिंहको अध्ययन गरेका थिए।
विश्वविद्यालयले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, "ट्रान्सडिसिप्लिनरी (अन्तरविषय) वैज्ञानिकहरूको टोलीले गौतेङ (प्रान्त) को एक निजी चिडियाखानामा कोभिड-१९ को कुनै लक्षण नदेखिएका संक्रमित चिडियाखाना सञ्चालकहरू 'कोरोना भाइरसको डेल्टा' बाट संक्रमित भएको पत्ता लगाएको छ। उनीहरुबाट‘डेल्टा’भेरियन्ट जनावरमा संक्रमण भयो। यसले अर्को गम्भीर रोग निम्त्याउन सक्छ । जनावर बिरामी परेको सात सातासम्म पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको थियो।"
चिडियाखानामा करिब एक वर्षअघि अन्य दुई जनावर पनि कोरोना भाइरसबाट संक्रमित भएका थिए ।