मंसिर १९ यता नेपालमा ओमिक्रोन पुष्टि भएकाे छैन : स्वास्थ्य मन्त्रालय

काठमाडाैं । नेपालमा मङ्सिर १९ गते यता कसैमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा मङ्सिर १९ गतेदेखि आइतबारसम्म कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जीन सिक्वेन्सिङ एक हजार आठ सय जनाको गरिएको प्रयोगशालकी निर्देशक रुणा झाले जानकारी दिए। सबै प्रदेशबाट एक हजार ८ सय स्याम्पल परिक्षण गर्दा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएका दुई जना व्यक्तिको पीसीआर रिपार्ट नेगेटिभ आएको रुणा झा बताए ।

मङ्सिर १९ गते यता कसैमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि नभएको झाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्सिर २१ गते गरेको पीसीआर परीक्षणमा उहाँ दुवै जनाको रिपार्ट नेगेटिभ आइसेकेको पनि जानकारी दिए ।

नेपालमा भने कोरोना भाइरसको आरटी पीसीआर परीक्षणमा ‘एस जिन’ रहे/नरहेको जाँच राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाहेक अन्य प्रयोगशालामा नहुने झाले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×