काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ४ सय २४ जनामा गरिएको परीक्षणका क्रममा ४७६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार सो अवधिमा ३ जनाको मृत्यु भएको छ।
हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन्।