काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार देशभरमा १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार ३१२ र पाँच हजार ७२५ नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमणमुक्त भएका छन् र हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन्। यही अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।