रणबीर र आलियाको 'ब्रह्मास्त्र'को मोसन पोस्टर सार्वजनिक

भारत। बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको बहुप्रतिक्षित चलचित्र 'ब्रह्मास्त्र- भाग १ -शिव'को पहिलो मोसन पोस्टर सार्वजनिक गरिएको छ। पोस्टर बुधवार साँझ सार्वजनिक गरिएको हो। चलचित्र ब्रम्हाण्डको सबैभन्दा शक्तिशाली मिथकीय हतियार 'ब्रह्मास्त्र'को बारेमा हुने अड्कल लगाउन सकिन्छ। कारण जोहरले निर्माता रहेको चलचित्रमा आलिया भट्ट, अमिताभ बच्चन, मोनी रोय, नागार्जुन अक्कीनेनी लगायतका कलाकार मुख्य भूमिकामा देखिनेछन्। पोस्टरसँगै चलचित्रको प्रदर्शन मिती पनि घोषणा गरिएको छ। चलचित्रको पहिलो भाग ९ सेप्टेम्बर २०२२मा प्रदर्शनमा आउनेछ। चलचित्रका निर्देशक अयान मुखर्जी रहेका छन्।
मोसन पोस्टर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×