फिल्म ‘माइकल अधिकारी’को प्रमोसनल गीत ‘फापरको रोटी’ सार्वजनिक

काठमाडौँ - सुष्मा कार्की हिजोआज व्यावसायिकभन्दा निजी कुराले चर्चामा छिन्। सामाजिक सञ्जाल छाड्ने होस् वा रिलेसनसिपको कुराले उनी चर्चामा आइरहन्छिन्।

पछिल्लो समय उनी नयाँ अफेयरमा रहेको चर्चा छ। यद्यपि, उनले मिल्ने साथी भन्दै यो प्रश्नलाई नकारिरहेकी छन्। यो सन्दर्भमा उनी अभिनित नयाँ म्युजिकल ट्रयाक रिलिज भएको छ।

भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘माइकल अधिकारी’को नयाँ गीत ‘फापरको रोटी’मा सुष्मा र अभिनेता यशराज गराच फिचर्ड रहेका छन्। यशराज त गोपीकृष्ण ब्यानरका ‘लक्की चार्म’ नै हुन्।

गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि फिचर्ड रशेका छन्। गीत हेर्दा प्रमोसनल गीतजस्तो देखिन्छ किनभने सुष्मा र यशराज फिल्मको कथासँग असम्बद्ध चरित्र हुन्।

शम्भुजीत बास्कोटाको संगीत रहेको गीत ‘फापरको रोटी’मा बास्कोटासहित रवि ओड र टीका प्रसाईंको स्वर रहेको छ। दयाराम पाण्डेले गीत लेखेका हुन्। रञ्जित रौनियार निर्देशित फिल्मले सरोगेसीको कथा भन्छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×