राष्ट्रियसभा निर्वाचन- प्रमुख दलका शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौं - सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक आज (बिहीबार) बिहान ९ बस्ने नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार आसन्न राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो । हिजो (बुधबार) बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको छ ।

हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेताको संयुक्त बैठक बसेको थियो ।

उक्त बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई नछुटाउन आग्रह गरेका थिए । ओलीको आग्रहबारे छलफल गर्न बैठक बस्न लागेको पाण्डेले बताए ।

राष्ट्रियसभाको रिक्त १९ सिटमा आसन्न माघ ११ मा निर्वाचन हुँदैछ । त्यसका लागि यहीँ पुष २३ मा मनोनयन दर्ता हुनेछ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×