पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु

पाल्पा - पाल्पामा आगलागीमा परेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको  प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो। 

टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागीमा परेका हुन्। उनका श्रीमती, छोरा र छोरीहरू अर्को गोठसहितको (नाले) घरमा सुतेका थिए। मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×