काठमाडौँ। 'सरकार के गरेर खाम?' बोलको नयाँ गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा बिष्णु खत्री र सजना बास्तोलाको आवाज रहेको छ भने गायक खत्रीकै शब्द तथा संगीत रहेको छ। त्यसैगरि आशिष अविरलको संयोजन तथा डल्ली वि.क, रमेश महरा र पदम सापकोटाको डाइलोग रहेको छ।
युवराज वाइवाको निर्देशनमा तयार भएको गीतको भिडियोमा बिनोद न्यौपाने र जुन सुन्दासको अभिनय रहेको छ। गीतको भिडियो गायक 'बिष्णु खत्री'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: