काठमाडौँ - मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप क्रिकेटको सेमिफाइनलमा नेपालले बलियो टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्ने भएको छ। बुधबार भएको अन्तिम खेलमा कतारलाई हराउँदै यूएई समूह विजेता बन्दै सेमिफाइनलमा पृुगेको हो।
नेपाल समूह बी को उपविजेता हो भने यूएई समूह ए को विजेता हो। नेपालको समूहबाट हङकङ समूह विजेता बनेको छ।
नेपाल समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो। हङकङले ८ अंक जोडेको छ भने नेपालले ६ अंक जोडेको छ। यूएईले ७ अंक जोडेको छ भने मलेसिया ६ अंक जोडेर समूह उपविजेता बनेको छ। अर्को सेमिफाइनलमा मलेसिया र हङकङ खेल्नेछन्।
नेपाल र यूएईको सेमिफाइनल खेल शुक्रबार हुनेछ। च्याम्पियनशिपको फाइनल खेल शनिबार हुनेछ।
फाइनल पुग्ने दुई टोली महिला टी-२० एसिया कप क्रिकेटमा छनोट हुनेछन्।