निर्माण अघि नै बिक्री भयो 'भागवद् गीता'को अमेरिका राइट्स

काठमाडौँ - झरना थापाको निर्देशनमा बन्ने चलचित्र 'भागवद् गीता'को अमेरिका राइट्स बिक्री भएको छ। छायांकन पनि सुरु नभएको फिल्मको राइट्स अमेरिकाको नमस्ते इन्टरटेन्मेन्टले खरिद गरेको हो। 

नेपाली भाषी, भुटानी शरणार्थी अमृत राई, खेम गुरुङ र जंग राईको कम्पनी नमस्ते इन्टरटेन्मेन्टले अमेरिकामा रहेर नेपाली फिल्म तथा कला क्षेत्रमा काम गर्दै आइरहेको छ। 'ए मेरो हजुर ४' खरिदका लागि नेपाल आएको नमस्ते इन्टरटेन्मेन्टले निर्माण सुरु नै नभएको भागवद् गीताको पनि राइट्स खरिद गरेको हो। 

'ए मेरो हजुर ४' को सफलतापछि थापाको परिवार भागवद् गीताको तयारीमा छन्। भर्खरै फिल्मको टिजर छायांकन गरिएको छ। टिजर छायांकन सकेर झरना र सुहाना अमेरिका प्रस्थान गरेका छन्। सुहानाको ग्राजुएसन समारोह र 'ए मेरो हजुर ४' को अमेरिका प्रिमियरको लागि झरना र सुहाना अमेरिका उडेको बताइएको छ।

फिल्ममा अभिनेता पक्का भइसके पनि उनको नाम भने सार्वजनिक गरिएको छैन्। अमेरिकाबाट फर्केपछि फिल्म निर्माणको काम सुरु हुने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×