सुगम र अस्मिताको ‘नजर…’

काठमाडौँ - संगीतकार राजन तिमिल्सिनाको संगीत निर्देशनमा एउटा युगल गीत सार्वजनिक भएको छ। ‘नजर…’ बोलको यो गीतमा लोकप्रिय गायक सुगम पोखरेल तथा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। गीतका शब्दहरु डा.प्रकाश पौडेलले रचना गरेका हुन्।

सुगम संगीतमा आधारित यो गीतको संगीत सिर्जनामा संगीतकार तिमिल्सिनाले नौलो प्रयोग गरेका छन्। उनको प्रयोगले गीत कर्णप्रिय बनेको छ ।

शैलेन्द्र प्रधान बाबु यो गीतका संगीत संयोजक हुन् भने श्यामश्वेत रसाइलीले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

राजन ईशानको अवधारणामा तयार भएको भिडियोमा महेश खड्का र सरिता ठगुन्नाले अभिनय रहेकाे छ। सन्तोष भुजेल भिडियोका कोरियोग्राफर हुन्।

शिवराम श्रेष्ठद्वारा छायांकन गरिएको यो भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा रंग संयोजन गरेका छन्। बिजेश–राजनको जोडीले यो भिडियो निर्देशन गरेको हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×