मुद्दा जितेपछि जोनी डेपले दिए ६० हजार डलरको पार्टी

काठमाडौँ - हलिउड अभिनेता जोनी डेपले आफ्नी पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेपछि भव्य डिनर पार्टी दिएका छन्।

उनले इङल्याण्डको बर्मिङमस्थित भारतीय रेस्टुरेन्टमा डिनर पार्टी दिएका हुन्। द इकोनोमिक टाइम्सका अनुसार उनले ६० हजार डलर (७४ लाख ५० हजार रुपैयाँ) को बिल तिरेको जनाइएको छ। 

उनले हलिउड संगीतकार जेफ बेकसहित २० जना साथीहरूसँग भेटघाट गरेका थिए। डेपले आफ्नो साथीहरुसँगको भेटलाई गोप्य राख्न केही घण्टाको लागि पुरै रेस्टुरेन्ट बुक गरेको बताइएको छ। 

हलिउड अभिनेता जोनी डेपकी पूर्वपत्नी एम्बर हर्डले सन् २०१९ मा अखबारमा एक लेख लेख्दै डेपले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन्। 

उनको आरोपले आफ्नो मानहानी भएको भन्दै डेपले अदालतमा मानहानी मुद्दा हालेका थिए

केही दिनअगाडि साे मुद्दामा सुनुवाइ भएकाे थियो। झुटा र अपमानजनक व्यवहार गरेको देखिएपछि दुई वटा अदालतले डेपलाई सफाइ दिएको थियाे। 

अदालतले जोनी डेपलाई मानहानीका लागि १ करोड ५० लाख अमरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। यसमा १ करोड डलर क्षतिपूर्तिका रूपमा दिइनेछ भने ५० लाख डलर जरिवाना तिर्नुपर्नेछ। 

तेस्रो मुद्दामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानी गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×