काठमाडौँ - गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक भएको हो। हरितालिका तीज आउनै लाग्दा गायिका मिलनको स्वर रहेको जोडी मिलाइदेउ म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
कुटुमा कुटु, सुर्के थैलीजस्ता चर्चित र लोकप्रिय गीतका सर्जक तथा संगीतकार राजनराज सिवाकोटीको गीतमा शब्द सृजना र संगीत रहेको छ।
साथै फूलबुट्टे सारीजस्ता चर्चित गीतको भिडियोको निर्देशन गरेका राजेश पुमा राईले निर्देशन गरेको जोडी मिलाइदेउको भिडियोमा करुणा श्रेष्ठलाई फिचरिङ गरिएको छ।
उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादनमा रहेको भिडियोको कोरियोग्राफर सन्तोष राजबहाक हुन्।