काठमाडौँ - रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईं नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान गरेका छन्।
उनले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हालेका थिए। सो जिम्मेवारी सम्हालेपछि उनी पहिलो नेपाल भ्रमणमा आएका हुन्। यही माघ १८ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा यहाँस्थित नेपाल रेडक्रस र आइएफआरसीका गतिविधिका बारेमा जानकारी लिएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवासँग महासचिव चापागाईंले भ्रमणका क्रममा भेटवार्ता थियो। यसैगरी, सभामुख अग्निप्रसाद सापकोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलग–अलग भेटवार्ता गरेका थिए। ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिए।
भेटमा उनीहरूबीच कोभिड–१९ विरुद्धको खोप, मानवीय सेवाका सहयोग र रेडक्रस कानुनका विषयमा कुराकानी भएको थियो। यसैगरी, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा नारायण खड्का र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईंले अलग–अलग भेटवार्ता गरेका थिए। ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईंले जानकारी दिएका छन्।