काठमाडौँ - यूएस ओपन टेनिसकी उपविजेता लेलाह फर्नान्डेजले अमेरिकाकी अमान्डा एनिसिमोभालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्। फर्नान्डेज पहिलोपटक फेन्च ओपनको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएकी हुन्।
क्यानडाकी १९ वर्षीया फर्नान्डेजले २० वर्षीया एनिसिमोभालाई ६–३, ६–४ र ६–३ को स्कोरमा हराएकी हुन्। १७औँ वरीयताप्राप्त फर्नान्डेजले अब इटालीकी मार्टिना ट्रेभिसनविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। फर्नान्डेज यूएस ओपनमा बेलायतकी इमा राडुकानुसँग पराजित भएकी थिइन्।
इटालीकी ट्रेभिसनले बेलारुसकी एलिकसान्द्रा सासनोभिचलाई ७–६ (१२/१०) र ७–५ को स्कोरमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् ।
महिलातर्फ अमेरिकाकी १८औँ वरीयताप्राप्त कोको गाउफले पनि क्वार्टरफाइनलमा स्थान बनाएकी छिन्। उनले लगातार दोस्रोपटक क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्। गाउफले ३१औँ वरीयताप्राप्त बेल्जियमकी इलिस मार्टेन्सलाई ६–४ र ६–० को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन्।
गाउफले अब सन् २०१७ को यूएस ओपन विजेता स्लोनी स्टेफनसँग प्रतिस्पर्धा गर्नेछिन्।