काठमाडौँ - ब्राजिलका सम्मानित फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन्। ट्युमर तथा मुत्रनलीमा भएको संक्रमणको उपचारपछि उनी सोमबार घर फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
तीनपटक विश्वकप जितेका ८१ वर्षीय पेले फेब्रुअरी १३ मा साउ पाउलोको अस्पतालमा भर्ना भएका थिए। अहिले पेलेको अवस्था सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गएको सेप्टेम्बरमा पत्ता लागेको ट्युमरको भने उपचार भइरहेको छ।