काठमाडौँ । गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ।
गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ। गीतको रचना दिलीप घिमिरेले गरेका हुन्। गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका छन् भने गीतको म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ। उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्।
प्रकाश धितालको निर्देशनमा बनेको गीतको भिडियो ओएसआर डिजिटलमार्फत् सार्वजनिक गरिएको हो।