नेपालसहित ८ देशमा एकसाथ प्रदर्शन हुँदै ‘प्रकाश’

काठमाडौँ - चलचित्र ‘प्रकाश’ भाद्र १० गतेबाट नेपाल सहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने भएको छ।

महङ्गो रकममा विदेश राइट्स बेचेको बिनिस इन्टटेनमेन्टले नेपाल सहित भारत, अष्ट्रेलिया, न्युजल्यान्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइस्टमा एकसाथ चलचित्र प्रदर्शन हुने जानकारी दिएको छ। उल्लेखित देशहरुमा प्रदर्शन राइट्स १ करोड ७२ लाखमा बिक्री भएको हो। साथै अन्य केही देशहरुबाट पनि माग भइरहेको र छिट्टै नै टुङ्गो लाग्ने निर्माता महेन्द्र अधिकारीले जनाएका छन्।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रले शिक्षक बन्न १ युवाले गर्ने संघर्षको कथा भनेको छ। मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ।

विकास सुवेदीको लेखन रहेको चलचित्रको पोस्टर रिलिज देखिनै यसको निकै चर्चा रहेको छ। चलचित्रको सार्वजनिक पोष्टर, गीत र टिजरले हाइप क्रियट गरेसँगै विदेश राइट्स बिक्री भएको हो।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×