सुरजवीरको ‘जन्मदिनको शुभकामना’ लोकार्पण

काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘जन्मदिनको शुभकामना’ गीत भृकुटीमण्डपस्थित बुद्ध विहारमा आज लोकार्पण गरेका छन्।

सञ्चारकर्मी तथा कलाकार सुरजवीर बज्राचार्यको स्वर र शब्द रहेको उक्त गीत मङ्गल धूनमा गाइएको छ। यसको सङ्गीत संयोजन जुगल डङ्गोलले गरेका हुन्।

जन्म दिनमा शुभेच्छा तथा शुभकामना आदानप्रदानमा हाबी हुँदै गएको वाह्य संस्कृति र त्यसको दुष्प्रभाव रोक्न शुरुमा नेपाल भाषा र अहिले नेपाली भाषामा शुभकामना गीत रचेर जनतासामु ल्याएको कलाकार बज्राचार्यले बताएका छन्।

चार वर्षअघि नेपाल भाषामा स्वराङ्कन गरिएको उक्त गीत नेवाः समुदायमा लोकप्रिय छ। बज्राचार्य नेवाः
पत्रकारहरुको सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष पनि हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×