३ अर्ब खर्चेर नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति हुँदै

काठमाडौँ - सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य मार्ग नागढुङ्गा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतिका लागि कम्पनी छनोट भएको छ। सो सडकको नागढुङ्गा–नौबिसेखण्डको विस्तारका लागि एम-एस जियाङसु–सगुन (संयुक्त) छनोट भएको हो। यस सडकखण्डको कुल लम्बाइ १२.२६ किलोमिटर छ। 

त्यसैगरी, नौबिसे–मलेखुखण्ड विस्तारका लागि शर्मा–लामा–जेडआईसीजी (संयुक्त) छनोट भएको नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए। यस खण्डको कुल लम्बाइ ४३.५४२ किलोमिटर छ। मुलुकको करिब ६५ जिल्लाका मानिसको काठमाडौँ आवतजावत गर्ने मूल मार्ग यही नै हो। दैनिक करिब १८ देखि २० हजार सवारीसाधन आवातजावत गर्छन्। सडक विस्तारका लागि यसअघि नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) तयार भई स्वीकृत भइसकेको छ। आयोजनाका प्रमुख कार्कीका अनुसार नागढुङ्गा–नौबिसे खण्डक एक अर्ब ३१ करोड ८४ लाख र नौबिसे–मलेखुखण्डको एक अर्ब ३३ करोड १९ लाख रूपियाँमा विस्तार हुन लागेको हो। छनोट भएका निर्माण कम्पनीले तीन वर्षमा सडक विस्तारको काम सम्पन्न गर्नुपर्नेछ। आजको गोरखापत्र दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×