आज राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आज निर्वाचन बुधबार हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने सूची रहेको छ ।

राष्ट्रियसभा उपाध्यक्षका लागि सत्तारूढ दलहरूले कपिलवस्तुका नेकपा एमालेकी सांसद विमला घिमिरेलाई अघि सारेका छन् । आज बस्ने बैठकमा सांसद् भगवती न्यौपानेलाई निर्वाचित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

त्यस्तै, राष्ट्रियसभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट काठमाडौंकी विष्णुदेवी पुडासैनी उम्मेदवार छिन् । उनलाई निर्वाचित गरियोस् भनेर दुर्गा गुरूङले प्रस्ताव प्रस्तुत गर्दैछन् ।

राष्ट्रियसभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १–१ सांसदले मत हाल्नेछन् ।

यसअघि माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष छन् । सत्तारुढ दलहरुको सहमति अनुसार उपाध्यक्ष एमालेको भागमा परेको हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×