काठमाडौँ - नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेशको पहिलो अधिवेशन अन्तर्गत हुन लागेको चुनावका लागि अध्यक्षमा कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेको उम्मेदवारी परेको हो ।
यस्तै प्रदेशको उपाध्यक्ष पदमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला गरी पाँचै जनाको उम्मेदवारी परेको छ । प्रदेशको सचिवमा चार जनाको उम्मेदवारी परेको छ । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै उपसचिवका लागि १२ जनाको उम्मेदवारी परेको छ । खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उमेदवारी दिएका छन् ।
प्रदेशको पाँच पदमा २६ जनाको उम्मेदवारी परेको हो । अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् । चुनावका लागि आज (बिहीबार) मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ ।