गायक तथा संगीतकार कस्तुप पन्तको नयाँ गीत ‘भनिदेन ए मन’ सार्वजनिक

काठमाडौँ - गायक तथा संगीतकार कस्तुप पन्तले नयाँ गीत ल्याएका छन्। उनको शब्द, संगीत तथा स्वरमा लगातार आधुनिक गीतहरु बाहिर आइरहेका छन्। यस्तैमा गायक पन्तको शब्द तथा संगीतमा निकै मार्मिक गीत ‘भनिदेन ए मन’ सार्वजनिक भएको छ।

गीतमा प्रेमीकाको सम्झनामा प्रेमीले ब्यक्त गरेका भावनाहरु समेटिएको छ। गीतमा स्वर गायक प्रमोद खरेलले दिएका छन्, भने संगीत संयोजन बिशाल निरौराको रहेको छ।

गीतको भिडियोमा पनि त्रिकोणत्मक प्रेमकथा समेटिएर निर्माण भएको छ। दीलिप ओखेडा र दीपिका थापाको अभिनय रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्। भिडियोमा प्रकाश थापाको छायांकन र मिलन बिकको सम्पादन रहेको छ।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×