भारत। बलिउड अभिनेता अनुपम खेर र मिथुन चक्रवर्तीको आउँदो चलचित्र 'द कश्मीर फाइल्स'को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ। उक्त पोस्टर अनुपम खेरले आफ्नो सामाजिक सञ्जालमार्फत पनि शेयर गरेका छन्। पोस्टरमा मिथुन चक्रवर्तीको पात्रको स्वरूप पनि देख्न सकिन्छ। चलचित्र 'द कश्मीर फाइल्स' २६ जनवरी २०२२मा प्रदर्शनमा आउनेछ। विवेक रंजन अग्निहोत्रीद्वारा लिखित र निर्देशित चलचित्रमा दर्शन कुमार, पल्लवी जोशी, भाषा सुंबली र चिन्मय मंडलेकर आदि कलाकारहरुको पनि अभिनय रहनेछ। चलचित्र जी स्टूडियोज र तेज नारायण अग्रवाल, अभिषेक अग्रवाल, पल्लवी जोशी, विवेक रंजन अग्निहोत्रीद्वारा निर्मित रहेको छ।
मोसन पोस्टर: