नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेट तर्फ पुलिसको लगातार तेस्रो जित

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अन्तर्गत महिला क्रिकेट तर्फ समूह ‘बी’ मा नेपाल पुलिसले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ.

शुक्रबार बिहान पोखरा रंगशालामा सम्पन्न खेलमा लुम्बिनिमाथि पुलिसले ९७ रनको फराकिलो जित निकालेको हो। यसअघि पुलिसले प्रदेश १ र कर्णालीलाई हराएको थियो।

प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो। उसका लागि कविता जोसीले ४८ रनको नटआउट इनिङ खेल्दा सम्झना खड्काले २९ रन बनाएकी थिइन्। त्यस्तै अप्सरी बेगमले १० रन जोडेकी थिइन्।

१ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा अलआउट हुँदै १५ रनमानै समेटिएको थियो। उसका कुनैपनि खेलाडीले दोहोरो अकंमा रन बनाउन सकेनन्। उसका ७ खेलाडी शून्य रनमा पेभिलियन फर्किएका थिए। पुलिसका लागि इश्वरी विष्टले ४ विकेट लिंदा हिरानमयि रोईले २ विकेट लिएकी थिइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×