करण जोहरले गरे ट्विटर छोडेको घोषणा

काठमाडौँ - बलिवुडका चर्चित निर्माता, निर्देशक करण जोहरले सामाजिक सञ्जालमा ट्वीटर छोडेको घोषणा गरेका छन्। करणले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूलाई नकारात्मकताबाट हैरान भएर ट्विटर छोड्ने निर्णय गरेको जानकारी दिएका छन्।

करणले आफ्नो अन्तिम ट्वीटमा गुडबाय ट्विटर भन्दै लेखेका छन्- ‘यो थप सकारात्मक उर्जाको लागि ठाउँ बनाउनको लागि पहिलो कदम हो। अलविदा ट्विटर।'

ट्वीटरमा जोहरको निकै आलोचना हुने गरेको थियो। उनीमाथि बलिवुडमा नातावादलाई फैलाएको आरोप लाग्ने गरेको छ। यो ट्वीटमा पनि धेरैले उनको आलोचना गरेका छन्। कमेन्ट गर्दै एक प्रयोगकर्ताले उनको चर्चित शो कफी विथ करणलाई पनि इन्टरनेटबाट हटाउन आग्रह गरेका छन्। ति प्रयोगकर्ताले भने- 'सर, यदि तपाई सम्पूर्ण भारतमा शान्ति र खुशी चाहनुहुन्छ भने इन्टरनेटबाट 'कफी विथ करण' फोहोर पनि हटाउनुहोस्।'

खासगरि अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा नातावादको विरोधमा करणविरुद्ध आक्रोश बढेको थियो। यस मामिलामा करणलाई सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×